कारोबार


नेपाल चेम्बर अफ कमर्सले सरकारी अस्पतालहरुलाई बाँड्यो स्वास्थ्य सामग्री

नेपाल चेम्बर अफ कमर्सले सरकारी अस्पतालहरुलाई बाँड्यो स्वास्थ्य सामग्री

नेपालखबर
जेठ ५, २०७८ बुधबार १०:५८,

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन्।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामग्रीहरु ग्रहण गरेका थिए।

उनले चेम्बरबाट विगतमा पनि यस्तै सामग्रीहरु प्राप्त भएको स्मरण गर्दै चेम्बरलाई धन्यवाद ज्ञापन गरे।

साथसाथै चेम्बरका अध्यक्ष मल्लले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरे।

त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामग्री ग्रहण गरेका थिए।

अध्यक्ष मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टर गोंगबुको लागि पनि स्वास्थ्यसम्बन्धी सामग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तिनाथ शाखीलाइ हस्तान्तरण गरेका छन्।

आज हस्तान्तरण गरिएका सामग्रीहरुमा पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, सेनिटाइजर तथा सिटामोल छन्।

अध्यक्ष मल्लले चेम्बरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«टर उपलब्ध गराइने तयारी हुंदै गरेको बताए।

उक्त अवसरमा चेम्बरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad