ad ad

कारोबार


कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको ८ करोड सहयोग

कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको ८ करोड सहयोग

नेपालखबर
जेठ ५, २०७८ बुधबार ७:४५,

नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ।

यस बारेमा मंगलबार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ।

अस्पतालले आवश्यक स्थान उपलब्ध गराउनेछ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपरिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको बैंकले जनाएको छ।

यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको शुरुवाती समसयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ।

चालू आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड नगद सहयोग गरेको छ।

त्यसैगरी नबिल बैंकले सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासंग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ।

यसअन्तर्गत चालू आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखीकरण दिइएको बैंकको भनाइ छ।

त्यस्तै बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ।

वीर अस्पतालमा अक्सिजन प्लान्ट संगै केहि अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैकले थप प्रकिया अगाडि बढाइसकेको छ। यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रु ८ करोडको सहयोग प्रदान गर्ने भएको छ ।

विपद् सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नुपर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजि क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजि क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसंग यस किसिमको साझेदारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .