ad ad

कारोबार


शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १०:१३,

नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहको परिस्थिलिलाई मध्य नजर गर्दै कम्पनीले हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ति सामग्री प्रदान गरेको हो।

कम्पनीले १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजनसहित ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटर अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ।

अक्सिजन सिलिण्डर, मेडिकल बेड, सीसीयू बेड मोनिटर इक्यूप्मेन्ट समेतको यी स्वास्थ्य सामग्रीबाट यस क्षेत्रका कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकलाई स्वास्थ्य उपचार गर्न सहयोग पुग्ने छ भन्ने आशा एवं विश्वास लिएको कम्पनीले जनाएको छ। यस अगाडि पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी, दैविप्रकोप, राहत सामग्रीहरु, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको छ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीमा उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .