कारोबार


मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ७:१०,

४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको मिस्ट्रीखोला आयोजनाबाट उत्पादित विद्युत बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गरेको आयोजनाले दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा बिजुली पठाएको छ।

नारच्याङको बेशीगाउँदेखि दानास्थित २ सय २० केभी क्षमताको सवस्टेसन जोड्ने १ सय ३२ केभी क्षमताको ४ किलोमिटर प्रसारण लाइनको केही दिनअघि गरिएको परीक्षण सफल भएको थियो ।

अयोजनाका अनुसार परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ। १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ।

आयोजनाका अनुसार यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन सुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत् कर्मचारी तथा कामदारमा कोरोना सङ्क्रमण भएपछि करिब डेढ महिना पछाडि धकेलिएको हो।

२०७३ जेठ ३१ गतेदेखि निर्माणकार्य सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ।

२ हजार २७०.५ मिटर लामो सुरुङबाट ल्याएको पानी २ सय ५० मिटर उचाइबाट खसाली विद्युत् उत्पादन गर्न १ हजार ५ सय मिटर पेनस्टक पाइप जडान गरिएको छ।

बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विच यार्ड निर्माण गरिएको छ। बाँध क्षेत्रमा १ सय १५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी बनाइएको छ।

५ अरब ६४ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad