ad ad

कारोबार


किसानका समस्याहरुमा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

किसानका समस्याहरुमा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १२:०,

राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले शपथग्रहण गरेका छन्।

आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालसहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा शपथग्रहण गरेका हुन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई शपथग्रहण गराएकी हुन्।

त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई शपथग्रहण गराएका थिए।

आयोगका रिक्त अध्यक्षसहित सदस्यहरुको गत वैशाख १९ गतेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो। योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदहरूमा पूर्णता पाएको छ।

त्यस अवसरमा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर विस्तृत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशित दिएकी छिन्।

झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोगसमक्ष रहने मन्त्री अर्यालले अपेक्षा व्यक्त गरिन्।

मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा कानुनी व्यवस्थामा समयसापेक्ष सुधार, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउने विषयमा आयोगका पदाधिकारी अपेक्षा गरेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .