कारोबार


जुम्लाको चन्दननाथ नगरपालिकामा भारतद्वारा साना जलविद्युत् प्लान्ट पुनर्स्थापना

जुम्लाको चन्दननाथ नगरपालिकामा भारतद्वारा साना जलविद्युत् प्लान्ट पुनर्स्थापना

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ११:१३,

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा हालै पुनर्स्थापना गरिएको साना जलविद्युत् प्लान्टको भर्चुअल माध्यममार्फत उद्घाटन गरिएको छ।

भारत सरकारको २ करोड ६३ लाख आर्थिक सहयोगमा आज भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन गरिएकाे दूतावासले जनाएकाे छ। 

जुम्लाको चन्दननाथ नगरपालिकामा अवस्थित २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको हो।

प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो। उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनर्स्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्यांकीको निर्माण र जलविद्युत प्लान्टको पुनर्स्थापना गरिएको हो।

jumla jalabidyut2021a

जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २० हजार मानिसहरु यस प्लान्टबाट लाभान्वित हुनेछन्।

भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन्।

भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन्।

यीबाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ।

यस परियोजनाले प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थ व्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .