यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आगामी चार वर्षका लागी उपासना पौैडेललाई नियुक्त गरिएको छ।
उनको नियुक्तिसँगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन् भने अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा बहाल हुन सफल भएकी कम्पनीले जनाएको छ।
विगत एक दशक भन्दा बढी कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको ‘फ्याकल्टि अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन्।
उनी यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन्। उनको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उनलाई प्रम्ख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको ‘टिम वर्क’ लाई विशेष ध्यान दिने कम्पनीले जनाएको छ।
उनकोे आगमन सँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उनको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती सँगै थप उचाईमा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।

प्रतिक्रिया