ad ad

राजनीति


विधानसभा चुनाव: पश्चिम बंगालमा ममता बनर्जीको पार्टी शानदार जिततर्फ उन्मुख

विधानसभा चुनाव: पश्चिम बंगालमा ममता बनर्जीको पार्टी शानदार जिततर्फ उन्मुख

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १०:२८,

मतगणना जारी रहँदा पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमुल काँग्रेसले शानदार जित निकाल्ने देखिएको छ।

२९२ सिटको लागि भएको निर्वाचनमा बनर्जीको पार्टीले हालसम्म २११ स्थानमा अग्रता लिएको भारतको निर्वाचन आयोगले जनाएको छ।

सो क्षेत्रमा भारतीय जनता पार्टीले त्रिणमुल कँग्रेसलाई पछ्याइरहेको छ। हालसम्म भाजपा ७९ स्थानमा अगाडि रहेको इन्डिया टुडेले जनाएको छ।

यस राज्यमा सरकार बनाउनको लागि १४७ सिट भए पुग्छ।

यतिबेला बनर्जीलाई बधाई दिनेको ओइरो लागेको छ। इन्डिया टुडे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .