नेपाल एसबीआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटीएम लाउन्जमा एटीएमको उद्घाटन गरेको छ।
नेपाल एसबीआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख सञ्चालन अधिकृत यादभेन्द्र कान्तद्वारा संयूक्त रुपमा उद्घाटन गरिएको हो।
समारोहमा बैंकका सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।
बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया