पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा नेपाल उद्योग वाणिज्य महासंघले अनुशासन समिति गठन गरेको छ।
महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति ठन भएको हो।
महासंघका अनुसार अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी रहेका छन्।
त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित रहेको छ।
समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेको महासंघले जारी गरेको विज्ञप्तीमा जानकारी गराइएको छ।
प्रतिक्रिया