नेपाल वायुसेवा निगमले उडान गर्दा नाफा भन्दाबढी घाटा भएको भन्दै साउन १६ गतेदेखि उडान बन्द भएको ६ वटा चिनियाँ जहाज व्यवस्थापनमा अर्थ मन्त्रालयले सहमति दिएको छ।
अर्थ मन्त्रालयले भाडामा नसके विक्री गर्ने सहमति दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
नेपाल वायुसेवा निगम सञ्चालन बोर्डको असारमा बसेको बैठकले चिनियाँ ६ वटा जहाज जसमा २ वटा एमए ६० र ४ वटा वाई १२० जहाज साउनदेखि सदाका लागि उडान बन्द गर्दै अर्थ मन्त्रालयसँग जहाज व्यवस्थापनका लागि अनुमति मागिएको थियो।
यो पनि : घाटामात्रै थप्ने चिनियाँ जहाज निगमले नचलाउने, वार्षिक ५० करोड जोगिने
प्रतिक्रिया