साताको पहिलो कारोबार दिन आज सेयरबजारमा हरियाली छाएको छ। बजार परिसूचक नेप्से ६३.३८ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ९.४४ अंकले बढेको हो।
सूचक उक्त अंकले बढेर फेरि २५ सय विन्दुमाथि पुगेको छ। आज २०६ कम्पनीको १ करोड २४ लाख ३० हजार कित्ता सेयर बिक्री भएका छन्।
दिनभरिमा ८० हजार ९ सय ८६ पटकको खरिदबिक्रीमा ५ अर्ब ९१ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज निर्जीवन बीमा, जीवन बीमा, होटल, उत्पादन र माइक्रोफाइनान्सका कारोबार सूचक उच्च अंकले बढेका छन्।
आज नेपाल बंगलादेश बैंकको सर्वाधिक ३९ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोडको, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोडको, माथिल्लो तामाकोशीको १५ करोडको र नबिल बैंकको १३ करोडको कारोबार भएको छ।
आज झण्डै दर्जन कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ भने घटेका कम्पनीको अधिकतम ६.०६ प्रतिशतसम्म सेयर मूल्य झरेको छ।

प्रतिक्रिया