भारतर्फ तस्करी गर्न लागेको ठूलो परिमाणको डिजेल सशस्त्र प्रहरी टोलीले बरामद गरेको छ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ लिङ्गगेटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले करीब तीन लाख २७ हजार रुपैयाँ बराबरको चोरीनिकासीको डिजेल बरामद गरेको हो।
सात वटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्यांकी बनाई नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा ४२ सय लिटर डिजेल बरामद भएको एपीएफले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र टोलीले बरामद गरेको सो डिजेल कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया