ad ad

कारोबार


आज काठमाडौंका दर्जनभन्दा बढी ठाउँमा बत्ती जाने

आज काठमाडौंका दर्जनभन्दा बढी ठाउँमा बत्ती जाने

नेपालखबर
फागुन २९, २०७७ शनिबार २:३९,

आज (शनिबार) काठमाडौंका दर्जनभन्दा बढी स्थानमा ६ घण्टा बत्ती जाने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार जोरपाटी वितरण केन्द्र र बूढानीलकण्ठ वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत् बन्द गर्नुपर्ने भएको हो।

जोरपाटी वितरण केन्द्र, साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभरेमामा अहिले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लाइन काटिने भएको हो।

यस्तै बूढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ती र बासबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ५ विद्युत् बन्द गरिने भएको हो।

दुवै फिडर सटडाउन गरी मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली गर्न लागिएको प्राधिकरणले  जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .