ad ad

राजनीति


कांग्रेसलाई सत्तामा जाने जनादेश छैन : अर्जुननरसिंह केसी

कांग्रेसलाई सत्तामा जाने जनादेश छैन : अर्जुननरसिंह केसी

नेपालखबर
फागुन २९, २०७७ शनिबार २:३७,

कांग्रेस सभापति शेरबहादुर देउवाले अब बन्ने गठबन्धन सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको बेला सोही पार्टीका नेता अर्जुन नरसिंह केसीले भने कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने बताएका छन्।

माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेसलाई सत्तामा सहकार्य गरेर जान प्रस्ताव गरेको सन्दर्भमा नेता केसीको यस्तो धारणा आएको हो।

‘वर्तमान जटिलता र संकटबाट संविधान, संसदीय प्रक्रिया र लोकतन्त्र रक्षाको दायीत्व नेकामा आएको छ,’ नेता केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो स्थितिमा सत्तामा जान आतुर हुनु भन्दा वैकल्पिक सरकार निर्माणको संयोजन गर्दै बाहिरै बसेर सहयोग गर्नु उपयुक्त हुन्छ। नेकालाई प्राप्त जनादेश बमोजिम प्रतिपक्ष मै बस्नु नै उत्तम हुन्छं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .