जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ।
गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ। मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाई ‘लाहुरे’ को भिडिओमा समेटिएको छ।
एसियन म्युजिकले निर्माण गरेको भिडिओलाई काश्यप निशानले निर्देशन गरेका हुन्। उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडिओलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।

प्रतिक्रिया