कारोबार


वीरगञ्जमा मनोज उपाध्यायको नेतृत्वमा चेम्बर अफ कमर्स गठन

वीरगञ्जमा मनोज उपाध्यायको नेतृत्वमा चेम्बर अफ कमर्स गठन

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १२:११,

वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ।

मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहेका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यावसायिक हकहीत तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीहरूलाई आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सले ७० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए ।

‘सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानको हामी सारथी हौं’ अध्यक्ष श्रेष्ठले भने, ‘यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहान्छौं।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हरिवन चेम्बर अफ कमर्स, सर्लाहीको भवन शिलान्यास गरेका छन्। श्रेष्ठले चार आना जग्गामा बन्न लागेको हरिवन चेम्बरको भवन शिलान्यास गरेका हुन्।

No description available.

हरिवन चेम्बरका महासचिव टिआर लुइँटेलले चन्दा संकलन लगायतबाट भवन निर्माण सम्पन्न गरिने बताए।

हरिवन चेम्बरले प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा शपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ । हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ । हाल यसमा २८४ जना सदस्य छन् ।

यस्तै महोत्तरी चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले प्रमाणपत्र वितरण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad