ad ad

कारोबार


अमेरिकाका यस्ता गाउँ जहाँ हरेक घरको बाहिर भेटिन्छ हवाइजहाज

अमेरिकाका यस्ता गाउँ जहाँ हरेक घरको बाहिर भेटिन्छ हवाइजहाज

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ८:१६,

अहिलेको समयमा पनि मान्छेको घरमा मोटरसाइकल होस् या कार एउटा सवारीसाधन हुनु पनि चासोको विषय बन्छ।

तर संयुक्त राज्य अमेरिकामा त्यस्ता गाउँ पनि छन् जहाँ हरेक घरअगाडि एउटा हवाइ जहाज हुन्छ।

झट्ट सुन्दा पत्यार नलाग्ला। तर यो सत्य हो। अमेरिकाको रेसिडेन्सल एयरपार्क गाउँमा यस्तै भेटिन्छ। यी गाउँलाई ‘फ्लाई–इन कम्युनिटी’का रुपमा पनि चिनिन्छ।

यहाँ एक वा त्योभन्दा धेरै रनवेहरु घरसँगै जोडिएका छन्। यो गाउँ धेरै सुविधासम्पन्न छ पनि भनिराख्नु नपर्ला। रेसिडेन्सल एयरपार्कमा सामान्यतया निजी स्वामित्व र अलिक कडिकडाउ गरिएको छ।

धेरैजसोले व्यावसायिक सञ्चालन र व्यवसाय गर्दैनन्। यी कम्युनिटीहरु विलासी रियल स्टेट मार्केट बनेका छन्। यी बस्तीका सडक पनि धेरै फराकिला छन्। जहाँ एउटा जहाज र कार सँगसँगै उड्न र गुड्न सक्छन्।

विकिपेडियाका अनुसार पहिलो एयरपार्क भने सन् १९४६ मा क्यालिफोर्नियाको फ्रेस्नोमा रहेको सियरा स्काई पार्कलाई मानिन्छ। अमेरिकामा यस्ता रेसिडेन्सल एयरपार्कहरु धेरै छन्।

द लिभिङ विथ योर प्लेन एसोसिएसनका अनुसार कम्तीमा पनि चार सय २६ वटा यस्ता एयरपार्क रहेका छन्।

फ्लोरिडामा मात्रै ५२ वटा यस्ता रेसिडेन्सल एयरपार्क छन् भने वासिङटनमा ५०, क्यालिफोर्नियामा २८ र ओरेगनमा २३ वटा छन्। विश्वभर यस्ता आवासीय एयरपार्कहरुको संख्या करिब छ सय ३० रहेका छन्। जसमध्ये अधिकांश अमेरिकामै छन्।

residential airpark usa2

यस्तो छ कारण
दोस्रो विश्वयुद्धमा अमेरिकाले निर्णायक भूमिका निभाएको थियो। अमेरिकामा सन् १९३९ सम्म मात्र ३४ हजार पाइलट थिए।

तर सन् १९४६ सम्म आइपुग्दा त्यो संख्या बढेर चार लाख बढी पुगेको थियो। लडाइँ सकिएसँगै धेरैजसो एयरफिल्ड र पाइलट खाली भए।

यसैलाई समाधान गर्न अमेरिकाको द सिभिल एरोनाउटिक्स एडमिनिस्ट्रेसनले आवासीय एयरपार्क बनाउने प्रस्ताव राख्यो। सोसँगै बन्द भइसकेका सैन्य एयरस्ट्रिप्समा पेन्सन पाएका सैनिक पाइलटलाई राखिने निर्णय भयो।

यसअनुसार बस्ती राखेपछि यसलाई फ्लाई इन कम्युनिटिज भन्न थालियो। र, यहाँका हरेक घरमा कारजस्तै एउटा हवाइजहाज हुन्छन्। एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .