कारोबार


माछापुच्छ्रे बैंकद्वारा पोखराका तीन स्थानमा एकैसाथ क्यूआर कोड सञ्चालनमा

माछापुच्छ्रे बैंकद्वारा पोखराका तीन स्थानमा एकैसाथ क्यूआर कोड सञ्चालनमा

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १०:१,

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक क्यूआर कोड उद्घाटन गरेको हो।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको उद्घाटन गरेका हुन्। कार्यक्रममा माछापुच्छ्रे  बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा श्रीमती सृजना कार्कीको पनि उपस्थिती रहेको थियो।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्। त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन्।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानि मार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे।

ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन्। नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ। पोखरामा सुरु गरिएको क्यु आर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९००० पुगेको छ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागीता रहेको थियो।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad