एक महिना अगाडि मात्र टेस्ला तथा स्पेस–एक्स कम्पनीमा मालिक इलोन मस्क अमेजन कम्पनीका मालिक जेफ बेजोसलाई उछिन्दै विश्वकै धनाढ्य बनेका थिए।
तर एक महिना पछाडि नै बेजोस मस्कलाई उछिन्दै पुनः विश्वकै धनाढ्य बनेको बीबीसीले जनाएको छ।
त्यसेबला टेस्ला कम्पनीको सेयर तीव्र गतिमा बढेपछि मस्कको सम्पत्ति १ खर्ब ८५ अर्ब डलर पुगेको थियो।
यतिबेला टेस्लाको सेयर घटेपछि मस्कलाई बेजोसले उछिनेका हुन्। मस्कको टेस्ला चर्चित विद्युतीय कार निर्माता कम्पनी हो।
जानकारहरुका अनुसार विद्युतीय मुद्रा बिटक्वाइनमा आएको गिरावटले मस्कको सम्पत्तिमा घटबढ भएको हो।
प्रतिक्रिया