कारोबार


फाइभजी सफलता र ताररहित नवप्रवर्तन प्रदर्शित गर्दै ओपो

फाइभजी सफलता र ताररहित नवप्रवर्तन प्रदर्शित गर्दै ओपो

नेपालखबर
फागुन १०, २०७७ सोमबार १५:३४,

अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले मोबाइल वर्ल्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्बतनहरुका बारेमा केही संकेत प्रस्तुत गरेको छ।

फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरुका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परिक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविस्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र ईन्टरनेट अफथिङ्स (आईओटी) हरु प्रदर्शित गर्नेछ।

सबैका लागि ‘फास्टर चार्जिङ’
ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन मार्फत ओपोले नयाँ ताररहित चार्जिङ प्रविधिहरु प्रदर्शित गर्नुका साथै भोक फ्ल्याश चार्जिङ अन्तर्गत नयाँ विकासहरु ओपोले प्रदर्शित गर्नेछ। तर, ती मध्य पनि सबैभन्दा रोचक दैनिकीमाउपयोग हुने हरेक किसिमका उपकरणलाई तिब्र गतिमा चार्ज गर्न सघाउने विश्वब्यापी पहलको प्रदर्शनी हुनेछ।

सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्याश चार्जिङ क्षेत्रको अगुवाई गरिरहेको छ। एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि ईकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिले भन्दा ब्यापक रुपमा अझ बढी ब्यक्तिहरु मझ पुग्न सघाउँछ।

फाइभजीका सम्भावनाहरु
सन् २०२०का असंख्य परिक्षणहरु पश्चात यस पटक चाइना यूनिकमबुथमा आगन्तुकहरुले ओपोको ५जी एमएम–स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पाउने छन्। ५जी एमएम(वेभले ५जी एप्लिकेशन्सका नयाँ पिढीका लागि जग बसाल्ने छ। ओपोको ५जी सीपीईमा उपलब्ध गरिएको यो प्रविधि पनि एमडब्ल्यूसीएसमा प्रदर्शित गरिनेछ।

ओपोको ५जी सीपीईले ५जी सिग्नललाई स्थिर र अतितिब्र वाई-फाई कनेक्शनमा परिणत गर्छ।

एरिक्शन जस्ता उद्योगकै अग्रणी पार्टनर्ससंग सहकार्य गर्दै दूई नयाँ प्रप्राइटरी एन्टेना सोल्यूशन्सको विकास पश्चात ५जी सीपीईले भविष्यका घरका लागि उच्च गतिको कनेक्टिभिटीलाई वास्तविकतामा परिनत गरेको छ। ओपो बुथमा पाल्नुहुने आगन्तुकले यस्तै अनेकन प्रविधिहरु अवलोकन गर्न पाउने जानकारी दिइएको छ।

ओपोका ग्लोबल मार्केटिङका अध्यक्ष विलियम ल्यूले भने, ‘ओपोका लागि आकाशनै सिमा हो। मोबाइल वर्ल्ड कंग्रेस २०२१ शंघाईमा हामी नयाँ पुस्ताका चार्जिङ प्रविधिका साथै स्मार्टफोनबाट मल्टि ईन्डष्ट्रि सेक्टरमा ओपोको अग्रगामी कदमका बारेमा समेत जानकारी दिनेछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad