कारोबार


एनसेल एपको नयाँ संस्करण सार्वजनिक, ग्राहकका लागि आकर्षक थप सुविधा

एनसेल एपको नयाँ संस्करण सार्वजनिक, ग्राहकका लागि आकर्षक थप सुविधा

नेपालखबर
फागुन १०, २०७७ सोमबार १३:५८,

सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।

नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्दछ। यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन्। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन्। ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन्।

त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका कार्यहरु गर्न सक्छन्। यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन्। एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन्।

उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरुप ग्राहकलाई थप गुणस्तरीय बनाउन नविनतम सेवाहरु ल्याउने गरेको छ। निकै सराहाना गरिएकोे एनसेल एपमा थप गरिएको सुविधाहरुले एप मार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ। विशेष गरी ग्राहक जहाँ भए पनि छिटो छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास लिइएको छ।

ग्राहकलाई थप गुणस्तरीय बनाउन एनसेल सदा प्रतिवद्घ रहेको छ। यसै प्रतिवद्धता अन्तर्गत एनसेलले गत महिनामात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो। एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ।

एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad