साना जलविद्युत आयोजनाहरुले पुनर्कर्जा पाउने भएका छन्। सरकारले पुनर्कर्जा कार्यविधिमा समावेश गरेको जलविद्युत आयोजनाहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत १० मेगावाट भन्दा साना आयोजनालाई सुविधा दिने बताएको हो।
आज भएको अर्धवार्षिक समिक्षामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पुनर्कर्जा सुविधा प्रदान गर्न विशेष व्यवस्था गरिने बताएका हुन्।
उनले भने, ‘दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरूको विशेष पुनर्कर्जामा पहुँच पुर्याउन आवश्यक व्यवस्था गरिने छ।’
यसका साथै अर्धवार्षिक समिक्षा मार्फत विभिन्न प्रयोजनका लागि ऋण धितो मूल्य अनुपात तोकी प्रवाह भएका कर्जामा कोभिडले सिर्जना गरेको असहज परिस्थितिको समयमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको नियामकीय सहजीकरणलाई यथावत् र गरेको जानकारी दिएको छ।
आर्थिक क्रियाकलाप सामान्य हुदै गएसँगै ऋण धितो मूल्य अनुपात सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिने समिक्षामा बताइएको छ।
Shares

प्रतिक्रिया