सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका अध्यक्ष मोतिलाल दुगडका अनुसार शर्मालाई ४ वर्षको लागि नियुक्त गरिएको हो।
उनले नेपालखबरसँग भने, ‘भर्खरै सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको छ।’
शर्मा माछापुच्छ्रे बैंकको सीईओ थिए। ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंकमा काम गरेको अनुभव उनीसँग छ।
यसअघि जनक शर्मा पौडेलले सीईओबाट दुई वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए।

प्रतिक्रिया