नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले पाकिस्तानमा रहेको केटु जाडोयाममा चढेर कीर्तिमान कायम गरेको नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ।
बैंकले निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो उच्च हिमाली पहाड केटुको शिखरमा सफलतापूर्वक आरोहण गरेको भन्दै नगदसहित सम्मान गरेको हो।
सीएसआर रणनीतिअनुरूप बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० लाखको चेक प्रदान गरेको बैंकले जनाएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

प्रतिक्रिया