अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुन फेरि २ सय रुपैयाँले सस्तो भएको छ।
हिजो ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुन उक्त दरले घटेर आज ९० हजार ४ सय रुपैयाँमा झरेको हो।
त्यस्तै तेजाबी सुनको मूल्य पनि ९० हजार १ सय ५० बाट घटेर आज ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्य भने आज ५ रुपैयाँ बढेको छ। चाँदी आज प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १८ सय १४ दशमलव ६३ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रिया