कारोबार


पूर्व गृह सचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

पूर्व गृह सचिव सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त

नेपालखबर
माघ १९, २०७७ सोमबार १५:५२,

पूर्व गृह सचिव सूर्यप्रसाद सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्षको जिम्मेवारी दिएको हो।

चिरञ्जीबी चापागाईंको कार्यकाल पुसमा सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो। पुस २३ गतेबाट चापागाईको चार वर्षे कार्यकाल सकिएको थियो।

अहिले नियुक्त भएका सिलवालको कार्यकाल आगामी ४ वर्षसम्म हुनेछ।

बीमा समितिको अध्यक्ष हुनको लागि बीमा ऐनमा बीमा क्षेत्रमा विज्ञता भएको हुनुपर्ने भन्ने तोकिएको छ तर त्यसको मापदण्ड भने उल्लेख गरिएको छैन। जसको कारणले निजामति सेवाबाट अवकास पाएका तथा नेपाल राष्ट्र बैंकबाट अवकास पाएकाहरुले नियुक्ती पाउँदै आएका छन्।

४ वर्ष अघि चापागाई नियुक्त हुँदा बीमा विज्ञ भएको व्यक्तिले नियुक्ती नपाएको भन्दै अदालतमा उजुरी परेको थियो। त्यो मुद्दा अहिलेसम्म सकिएको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad