कारोबार


तेस्रो वर्ष पुरा गरेको अवसरमा पिन्चेस् आर्टकोरद्वारा छुट

तेस्रो वर्ष पुरा गरेको अवसरमा पिन्चेस् आर्टकोरद्वारा छुट

नेपालखबर
माघ १९, २०७७ सोमबार १५:३४,

उपत्यकाकै प्रसिद्ध कस्टुमाइज्ड आउटलेट, पिन्चेस् आर्टकोरले आफ्नो स्थापनाको तेस्रो वर्ष सफलतापूर्वक पुरा गरेको छ।

पिन्चेस् आर्टकोर फेब्रुअरी १, २०१८ मा बत्तिसपुतलीमा स्थापना भएको थियो र यसले हालै ३ वर्ष पुरा गरेको हो।

तेस्रो वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण उत्पादनहरुमा १० प्रतिशत छुटका साथै ग्राहकहरुलाई सुशी चाख्ने अवसर प्रदान गरेको थियो।

पिन्चेस् आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, कीरिङ कोस्टर, ब्राइड रोब, मग, ट्यूम्बलर, मोबाइल कभर, मोबाइलग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्डी, बक्स केरिङ, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतमा इच्छा अनुसारको आर्ट गरेर बिक्री वितरण गर्दै आइरहेको छ।

पिन्चेस् आर्टकोर प्रा.लि.को फाउण्डर तथा सीईओ सुश्री श्रेया जोशीले भनिन्, ‘हामी स्थापनाको तेस्रो वर्ष पुरा गर्न पाउँदा अत्यन्तै खुसी छौं र अझै अगाडि बढ्नुछ। छोटो समयमै हामीलाई सफलता हासिल गर्न सहयोग पु-याउनु हुने सम्पूर्ण ग्राहकहरुमा म आभार प्रकट गर्न चाहान्छु। हामी छिट्टै देशभरका मुख्य शहरहरुमा सेवा विस्तार गर्ने योजनामा छौं। ग्राहकहरुको साथले गर्दा हामी देशभरका ग्राहकहरुलाई सेवा पु¥याउन पाउँदा हामी अत्यन्तै प्रसन्न छौं।’

पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिखबाट बत्तिसपुतलीमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा पु-याउदै आइरहेको छ। त्यसभन्दा पहिला यस आर्टकोरकी संचालिका श्रेया जोशी स्वतन्त्र कलाकार हुन् र उनले अर्डर अनुसार वाल आर्ट र ह्यान्ड पेन्टेड टिसर्ट बनाउने गरेकी थिइन्। पिन्चेस् आर्टकोर युवा माझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध छ।

ग्राहकहरुले आफ्नो प्रियजनको नाम लेखेर, फोटो राखेर वा अन्य कुनै तस्वीरहरु उच्च गुणस्तरीय कुसनको कभरमा भित्र आरामदायी सिरानी राखेर आफ्नै घरमा अर्डर गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad