कारोबार


जीभी र राकुटेन भाइबरबीच सहकार्यः इ–फार्मेसी च्याटबटबाटै औषधि मगाउन सकिने

जीभी र राकुटेन भाइबरबीच सहकार्यः इ–फार्मेसी च्याटबटबाटै औषधि मगाउन सकिने

नेपालखबर
माघ १२, २०७७ सोमबार ८:४७,

नेपालको प्रमुख हेल्थ–टेक सर्भिस प्रदायक जीभी हेल्थ प्रालि र राकुटेन भाइबरले रणनीतिक साझेदारी घोषणा गरेका छन्।

भाइबर प्रयोगकर्ताहरुले च्याटबटको माध्यमबाट आफ्नो प्रेसक्रिप्सन अपलोड गरी उनीहरुलाई आवश्यक औषधि अनलाइनबाटै मगाउन सकिने कम्पनीहरुले बताएका छन्।

जीभी हेल्थले पहिले नै पूर्ण रुपमा क्रियाशील जीभी नामबाट हेल्थकेयर एप सञ्चालन गर्दै आएको छ। अब प्रयोगकर्ताहरुले सुविधाजनक भाइबरमा जीभी हेल्थ च्याटबटमार्फत सिधै औषधि मगाउन सक्नेछन् ।

जीभी र भाइबरको यो संयुक्त पहलको अवसर पारेर जीभीले प्रेसक्रिप्सन औषधिहरुमा १२ प्रतिशत छुट र स्किन केयर उत्पादनहरुमा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ।

च्याटबटबाट अर्डर गर्ने ग्राहकहरु मासिक लक्की ड्रको लागि पनि योग्य हुनेछन्, जुन लक्की ड्रबाट उनीहरुले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर जित्न सक्नेछन् ।

यसका अलावा च्याटबटमा प्रयोगकर्ताहरुलाई जू द काऊ, बीर द याक र डोजो चरित्रहरुमा आधारित स्टिकरहरुको एक सेटसम्म पनि पहुँच रहनेछ । प्रयोगकर्ताहरुले सामान्य र स्वास्थ्य निर्दिष्ट विषयहरु समेटिएका स्टिकरहरु पाउने अपेक्षा राख्न सक्छन् । यी प्याकलाई “जू, बीर र डोजो” नाम दिइएको छ ।

कोभिड–१९ को कारण प्रेरित डिजिटल बजारका निम्ति बढ्दो माग भइरहेको अवस्थामा र जीभीको हालको २ लाख प्रयोगकर्ताहरु र भाइबरको व्यापक नेपाली प्रयोगकर्ताहरुका साथ स्वास्थ्य हेरचाहको लागि आपसी आबद्धतामा प्रवेश गर्नु यो एक स्वाभाविक गतिशीलता भएको कम्पनीले जनाएको छ।

यसमा भएको ‘अपलोड र अर्डर’ फिचरको एक मुख्य विशेषता यो छ कि प्रयोगकर्ताहरुले औषधिहरु मगाउन जीभीमा साइन अप गरिरहनु पर्दैन। उनीहरुले आफ्ना औषधिहरुको विवरण सजिलै प्रविष्ट गर्न वा यसको लागि आफ्नो प्रेसक्रिप्सन अपलोड गर्न सक्छन्।

यसको अर्को पक्ष भनेको जीभी एप पछि डाउनलोड गर्न चहाने प्रयोगकर्ताहरुले डाटा पुनर्प्राप्ति गर्न सक्छन् जसपश्चात् प्रयोगकर्ताहरुले उनीहरुको अर्डरहरु र प्रेसक्रिप्सनहरुलाई पुनप्र्राप्ति गर्न आफ्नो फोन नम्बर सजिलै प्रविष्ट गरे पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad