कारोबार


पुल निर्माणमा खटिएका कामदारले डेढ वर्षदेखि ज्याला पाएनन्

पुल निर्माणमा खटिएका कामदारले डेढ वर्षदेखि ज्याला पाएनन्

नेपालखबर
माघ ११, २०७७ आइतबार ९:१५,

पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन्। विसं २०७६ भदौ २७ गतेदेखि नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन्।

हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेड वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन्।

हिल्सा सिमकोट सडकखण्डअन्तर्गतको हेप्का खोला पुल निर्माण गर्ने कार्य तीव्ररुपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करीब रु १९ लाख रकम नपाएको काममा खटिएका टोली नेता खुसीराम थारुले गुनासो गरे।

हेप्का खोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलो पटक पेश्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले उक्त ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण सापट गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए।

पुलमा काम गर्ने १२ कामदार कैलालीका रहेका छन्। थारुले भने, ‘पटकपटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपाहा प्रवृति भएको छ।’

उक्त निर्माणधीन पुल २५ मिटर लम्वाइ, १४.३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad