बैंक अफ काठमाण्डू लिमिटेड र लाभी रेस्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता भएको छ।
यस सम्झौता पश्चात् ग्राहकहरुले लाभी रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन्।
सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लाभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरे।
बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया