भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा होक्काइदो रामेन हाउसले जापानी फास्टफुडको काउन्टर देकाइदो एक्सप्रेस सुरु गरेको छ।
होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटको विभिन्न स्थानबाट जापानी बेन्तो लन्च बक्सलगायत जापानी ओसाकेहरु बिक्री गर्दै आएको छ।
यही अवसरमा जापानी खानाका पारखीलाई मध्यनजर गरी काउन्टर सुरु गरेको हो।
जापानी खाद्य संस्कारलाई नेपालमा परिचित गराउनु रामेन हाउसको उद्देश्य हो। देकाइदो एक्सप्रेसमा छिटोछरितो जापानी फास्टफुड र पेयपदार्थ सुलभ मूल्यमा उपलब्ध हुनेछ।
यही वर्ष यो काउन्टर थप सातवटा खोल्ने तयारी गरिएको हाउसले जनाएको छ।

प्रतिक्रिया