कारोबार


एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी, सिप्रदी एपमा स्टोर गरेर सजिलै वारेन्टीको दाबी गर्न सकिने

एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी, सिप्रदी एपमा स्टोर गरेर सजिलै वारेन्टीको दाबी गर्न सकिने

नेपालखबर
माघ ६, २०७७ मंगलबार ९:१४,

एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ।

पेपरलेस वारेन्टीमार्फत एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुबिधाको लागि अब वारेन्टी कार्ड खोजिराख्नु नपर्ने कम्पनीले जनाएको छ।

अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्नेछन्।

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारीले एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा ग्राहकहरुको ठूलो भूमिका रहेको बताए।

उनले भने, ‘ग्राहकहरुको हामीप्रतिको उदारता र विश्वासले हामीलाई सधै हाम्रा ग्राहकहरुको हितमा काम गर्ने ऊर्जा र हौसला प्रदान गर्दछ। त्यही कार्यलाई निरन्तरता दिदै हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ।’

उनले धेरै ग्राहकहरुबाट वारेन्टीको दाबी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन पेपरलेस वारेन्टीको सुरुवात गरेको बताए।

उनले भने, १यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ।’

पेपरलेस वारेन्टीको अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको त्तच् कोड स्क्यान गरि रेजिस्टर गर्न सकिने कम्पनीले जनाएको छ।

यसबारे थप जानकारीको लागि सिप्रदीको टोल फ्री नम्बर एनटीसी भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad