विगत २० वर्षदेखि घरायसी तथा व्यावसायिक जीम उपकरणका लागि एकमात्र नाम रहँदै आएको ‘फिटनेस च्वाइस’ को सीतापाईला चोकमा नयाँ शो रुमको उद्घाटन भएको छ।
शोरुमको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतका साथै दशौं विश्व बडिबिल्डिङ च्याम्पियन (७५ केजि समूह) उपाधि विजेता तथा कम्पनीका ब्राण्ड एम्बास्साडर महेश महर्जनले संयुक्त रुपमा गरे।
कम्पनीका एक अधिकारीले अमेरिका, बेलायत, चाइना तथा ताइवान लगायत विभिन्न मुलुकबाट आयातित घरायसी तथा व्यावसायिक जीमसम्बन्धी सम्पूर्ण उपकरण सो नयाँ शो रुमबाट उपलब्ध हुने जानकारी दिए।
विगतमा जस्तै सो कम्पनीले फ्रि होम डेलिभरी, बिक्रीपछिको सेवा, सपोर्ट एण्ड मेन्टिनेन्स तथा वारेन्टी जस्ता सेवाहरु निरन्तर रुपमा प्रदान गर्दै जाने, तथा देशका विभिन्न स्थानमा शो रुम विस्तार गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया