कारोबार


एनआईसी एसिया लघुवित्तको तेस्रो वार्षिक साधारणसभा, पारित भए यी प्रस्ताव

एनआईसी एसिया लघुवित्तको तेस्रो वार्षिक साधारणसभा, पारित भए यी प्रस्ताव

नेपालखबर
माघ ४, २०७७ आइतबार ५:४४,

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

लघुवित्तको सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा भएको साधारणसभाले विभिनन प्रस्तावहरु पारित गरेको कम्पनीले जनाएको छ।

साधारणसभाले संस्थाको आ.व २०७६÷०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०७६÷०७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ।

यसका साथै एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारणसभाले पारित गरेको छ। त्यसैगरी संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारणसभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारणसभाले पारित गरेको छ।

साधारणसभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई सञ्चालक पदमा नियुक्त भएका छन्।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ। लघुवित्तले हाल १२० शाखा कार्यालयहरुबाट करिब ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

साथीसँगै सबल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad