कारोबार


पोखरा विमानस्थलको काम निर्धारित समयभित्रै सक्ने प्रयत्नमा छौँ : मन्त्री ढकाल (भिडियो)

पोखरा विमानस्थलको काम निर्धारित समयभित्रै सक्ने प्रयत्नमा छौँ : मन्त्री ढकाल (भिडियो)

नेपालखबर
माघ १, २०७७ बिहिबार १३:२६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा उत्कृष्ट रहेको बताएका छन्।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुगेका मन्त्री ढकालले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुसी लागेको पनि बताए।

भैरहवामा निर्माण हुनलागेको विमानस्थलको स्थलगत अवलोकन पछि पोखरा पुगेका मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताए।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधैँ तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताए। सरकारको ध्यान नपुगेका कारण विलम्बन भएका काम र समस्यालाई समयमा हटाउन आफुले पहल लिने पनि उनले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad