सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारणसभा गत पुस २९ गते सम्पन्न गरेको छ।
साधारणसभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो।
साधारणसभाले सेयरधनीहरुलाई आ.व. २०७५÷०७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपैयाँ ३० पैसामा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयर वितरणपश्चात् हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आ.व. २०७६÷७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ।
साधारणसभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ।
चालू आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया