कारोबार


नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व

नेपालखबर
पुस २६, २०७७ आइतबार १६:४,

नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।

अध्यक्ष रबिन्द्र कुमार रिजाल ‘शशि’को अध्यक्षता एभरेष्ट होटेलमा भएको कार्यक्रमको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्घाटन गरेका थिए। कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा उपस्थित थिए।

वार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको छ। आगामि ३ वर्षको कार्यकालको लागि सोमप्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल ‘बिजय’, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय भएका छन्।

निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह-कोषाध्यक्ष निर्विरोध चयन भएको छ।

संघको विधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’बाट आगामी कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ। संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad