ad ad

कारोबार


फुडमाण्डू अब पोखरामा पनि, ३० प्रतिशत छुट अफर

फुडमाण्डू अब पोखरामा पनि, ३० प्रतिशत छुट अफर

नेपालखबर
पुस २३, २०७७ बिहिबार १६:१३,

लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पोखरामा बिस्तार गरेको छ। फुडमाण्डूले आफ्नो सेवालाई पहिलो पटक काठमाडौं उपत्यकाभन्दा बाहिर बिस्तार गरेको हो।

कम्पनीले बिहीबार पोखरामा आफ्नो सेवा बिस्तार गरिएको र पोखराबासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको छ।

कम्पनीका सेल्स एण्ड माकेटिंग चिफ श्यामरत्न मालीले पोखराबाट सेवा बिस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुराहरु अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए।

नेपालको पहिलो फुड अनलाइन डेलिफरी प्लेटफर्मले पोखराबासीहरुलाई सेवा गर्नका लागि हाल ३० वटा भन्दा बढी स्थानिय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा बिस्तार गर्ने योजनालाई हाल सफल बनाएको जानकारी दिए।

‘हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा बिस्तार गर्ने लक्ष्य लिएका थियौं तर कोभिड १९ अवरोध भएको थियो। हामी पोखरामा सेवा बिस्तार गर्न पाउँदा निकै उत्साहित भएका छौं,’ अधिकारीले भने।

उनले स्थानियबासीहरुका साथै नेपालको प्रमुख पर्यटकिय शहर भएको कारण पर्यटकहरुले समेत फुडमाण्डूमार्फत खानेकुरा अर्डर गरेर नेपाली खानेकुराहरुको आनन्द उठाउन सक्ने बताए।

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेन्टहरुलाई समेत व्यापार बिस्तार गर्न सहज हुने बताए। उनले यसले गर्दा ग्राहकहरुले घरमा नै बसेर खानेकुराको आनन्द लिनसक्ने हुँदा त्यसले गुणस्तरीय सेवा दिन समेत प्रतिस्पर्धा हुने अपेक्षा व्यक्त गरे।

पोखरामा सेवा बिस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा ३०० सम्मको छुट घोषणा गरेको छ। कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा बिस्तारको वर्षको रुपमा उल्लेख गर्दै आगामी दिनहरुमा थप स्थानहरुमा सेवा बिस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .