ad ad

कारोबार


सेयरबजारमा २०८ कम्पनीको झण्डै ६ अर्बको सेयर किनबेच

सेयरबजारमा २०८ कम्पनीको झण्डै ६ अर्बको सेयर किनबेच

नेपालखबर
पुस २३, २०७७ बिहिबार ९:५९,

सेयरबजारमा आज ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजार परिसूचक नेप्से १५.९१ अंकले र क वर्गका कम्पनीको परिसूचक सेन्सिटिभ ३.०८ अंकले बढेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको कारोबार भएको हो। दिनभरिमा ५० हजार ९ सय ३३ पटक खरिदबिक्री हुँदा १ करोड १७ लाख कित्ता सेयर बिक्री भएका छन्।

कुल १२ समूहको आज कारोबार भएको छ। त्यसमध्ये अन्यबाहेक बाँकी समूहको सूचक हरियो छ। आज व्यापार, निर्जीवन र उत्पादन समूहको कारोबार सूचक १०० भन्दा बढी पुगेको छ।

सेयरबजारमा आज प्रभु बैंकले सर्वाधिक ३१ करोड रुपैयाँको कारोबार गरेको छ। दोस्रो ठूलो कारोबारकर्ता भने नेपाल पुनर्बीमा कम्पनीको २७ करोडको, चिलिमे जलविद्युत् कम्पनीको २४ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोडको र एनआईसी एसिया बैंकको २२ करोड रुपैयाँको कारोबार भएको छ।

कमाइमा मल्टिपर्पस फिनान्स कम्पनीका लगानीकर्ता अगाडि छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। यसबाहेक चारवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ। गुमाउने कम्पनीको भने ३.८१ प्रतिशतसम्म सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .