स्थानीय बजारमा पहेंलो धातुको मूल्य बिहीबार प्रतितोला रु एक हजार ३ सयले ओरालो लागेको छ।
पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४ सयमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ। यो बुधबारका तुलनामा रु एक हजार ३ सयले कम हो।
छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७ सयमा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोही सुन बुधबार तोलामा रु ९६ हजार २ सयमा कारोवार भएको थियो। तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३ सयले घटेको छ।
यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ। प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ। रासस
प्रतिक्रिया