कारोबार


प्रचण्ड–नेपालबीच बैठकको आलोपालो अध्यक्षता सुरु

प्रचण्ड–नेपालबीच बैठकको आलोपालो अध्यक्षता सुरु

नेपालखबर
पुस १९, २०७७ आइतबार ११:४८,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्षता आलोपालो प्रणालीबाट गरिने भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई अध्यक्ष रहेको नेकपामा आलोपालो प्रणालीबाट अध्यक्षता गर्ने प्रणाली सुरु भइसकेको स्थायी समिति सदस्य रघुजी पन्तले बताए।

‘दुवै अध्यक्षले बैठकको अध्यक्षता आलोपालो गरेर गर्ने सहमति भएको छ’, पन्तले नेपालखबरसँग भने।

यसअघि पुस ७ र ९ गते बसेको स्थायी समितिको बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए भने आइतबार पेरिसडाँडामा बसेको बैठकको अध्यक्षता नेपालले गरेका थिए।

‘यसअघिका दुई बैठकको अध्यक्षता प्रचण्डले गर्नु भएको थियो भने आजको बैठकको अध्यक्षता माधवकुमार नेपालले गर्नुभएको छ’, पन्तले भने।

विभाजनअघि नेकपामा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष भए पनि बैठकको अध्यक्षता केपी शर्मा ओलीले मात्रै गर्दै आएका थिए। कार्यकारी अध्यक्ष भएपछि केही बैठकको अध्यक्षता उनले गरेका थिए।

नेता पन्तले स्थायी समिति बैठक सोमबार १२ बजे पुनः बस्ने जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad