कारोबार


निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडान

निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडान

नेपालखबर
पुस १८, २०७७ शनिबार १५:१८,

नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ भएको छ।

शनिबार आयोजित कार्यक्रम गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गरेका हुन्।

उनले त्यस उद्घाटन कार्यक्रममा बोल्दै यसले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको जानाकारी दिए। उनले भने, ‘यो क्षेत्रको विकास र विस्तारका लागि निजीको ठुलो सहयोग आवश्यक रहेको छ।’

निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए। उनले भने, ‘लुम्बिनी प्रदेशसँगै अन्य कार्य क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाइनेछ।’

No description available.

एपीआई मापदण्ड अनुसार पाइपलाइन जडान, भल्भहरु, पम्पहरु जडान साथै टैंक÷ट्रक लोड गर्न अत्याधुनिक लोडिङ्ग आम्स जडान गरिएको छ।

निगमका अनुसार २ करोड ५० लाख लगातमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको छ । यसमा तिनवटा पम्पहरु जडान भएका छन्। यो प्रविधि जोड गर्दा ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिनेछ।

यसअघि सो कार्यालयबाट ८ घण्टामा ३÷४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसंगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ । पुरानो प्रविधि मार्फत कामगर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९÷१० बजेसम्म कमृचारी काममा खटिनु पर्नेमा समाधान भएको हो।

यस डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा गरी दैनिक दश लाख देखि ११लाखडिजेल र तिन लाख लिटर,पेट्रोलम,ट्टितेल र हवाई इन्धन बिक्री गर्दै आएको छ। नयाँ प्रविधि जडानसंगै बिभिन्न जिल्लाबाट पेट्रोलियम पदार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्यांकरहरु लोड अनलोड गर्न घण्टौसम्म कुर्नुपर्ने मात्र होइन, कतिपय भारतबाट तेल लिएर आएका ट्याङ्खरलाई सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यताको अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ।

नयाँ पुर्वाधार सञ्चालनमा आएसँगै माग अनुसार पेट्रोलियम पदार्थ लोड÷अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ। यसैगरी सो स्थानमा निगमले टैंक ट्रक पार्किङ्ग यार्डको विस्तार गरेको छ । यस अघि निगमसँग पर्याप्त पार्किङ्गको सुविधा नहुँदा विभिन्न समस्या भोग्नु परेको थियो । पार्किङ्ग निर्माण हुँदा कार्यालयभित्र नै एक पटक करिब १०० वटा टैंक÷ट्रकहरु पार्किङ्ग गर्न सकिने निगमले जनाएको छ। यसैगरी निगमले दुर्घटनाबाट बच्न इलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, ईलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्यअनुरुप इलेक्ट्रिक प्यानल बोर्डहरु, एटियस प्यानलहरुको जडान सहितको ईलेक्ट्रिकल प्यानल हाउस निर्माण गरिएको छ। यस इलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेशन पछि कट्रोलिङ्ग कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ ।

नेपाल पेट्रोलिय डिर्लस राष्ट्रिय एसोशिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकरण गरेसँगै व्यवसायीलाई सहज बताएको बताए । साथै उनले प्रविधिको विकाससँगै व्यवसायीले कारोबार गरे बार्फत निगमले दिदै आएको कमिसन पनि बढाउदै लैजानु पर्नेमा जोड दिए ।

No description available.

मट्टितेल ट्यांक भण्डारण निर्माण
नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बनीमा मद्मितेल ट्यांक भण्डारण निर्माण गरेको छ । भलवारी स्थित कार्यालयको डिपोकोमा मट्टीतेल  ट्यांक भण्डारण निर्माण गर्दै आएको टैंकलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ मट्टितेल ट्यांक भण्डारण निर्माण गरेको हो । निगमले १ करोड लगानीमा सो ट्यांक भण्डारण निर्माण गरेको छ ।

हाल यस डिपोमा पेट्रोलको खपत करिब २ सय देखि ३ सय किलो लिटर रहेको थियो । पेट्रोलका भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको कारण माग आपूर्ति धान्न सक्ने निगमले  मट्टीतेलको ट्यांकलाई पेट्रोलमा रुपान्तरण लागेको निगमले जानकारी दिएको छ । यसले पेट्रोलको भण्डारण क्षमतामा करिब ३ गुनाले बृद्धि भई करिब ३ दिनको आपुर्ति धान्न सक्नेछ । निगमका अनुसार मट्टीतेलको लागि छुट्टै  १४० किलोलिटर क्षमताका दुईवटा टैंक निर्माण गरेको छ ।

निगमका अनुसार २०३९ सालमा यस नेपाल आयल निगमले भलवारी डिपोको स्थापना भई यस क्षेत्रमा पेट्रोलियम पदार्थहरुको बिक्रिबितरण को कार्य सुरु भएका थियोे। करिब ५ बिघा क्षेत्रफलमा फैलिएको डिपो परिसरमा डिजेल ३ हजार ४० किलोलिटर पेट्रोल १४० किलोलिटर र मद्मितेल ३८९ किलोलिटरको भण्डारण क्षमताका हरुको निर्माण भएको थियो । अहिले सम्ममा पेट्रोलियम पदार्थको बिक्रि परिमाण माग बृद्धि भएपनि सोहि क्षमता नै प्रयोगमा आएको छ।

यस डिपोबाट हाल लुम्बिनी प्रादेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रादेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङ जिल्लाका केहि भाग गरी जम्मा ८ वटा जिल्लामा अवस्थित पेट्रोल पम्पहरुलाई पेट्रोलियम पदार्थको आपुर्ति गर्दै आएको छ । भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेगंज डिपोबाट डिजेल, पेट्रोल र मट्टितेल आयात एवम प्राप्ती गरी बिक्रिबितरण गर्ने गरीएको छ।

यसैगरी प्रत्येक उपभोक्ताको घरघरमा पुग्ने खाना पकाउने ग्यास (एलपीजी) इन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाईनरीबाट आयात गरी यस क्षेत्रमा अवस्थीत एल।पि।जि।बोटलिङ्ग प्लान्टलाई बिक्रि वितरण गर्ने गरिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .