कारोबार


व्यवसायीको मागपछि औषधी व्यवस्था विभागले गर्‍यो लाइसेन्सको अवधि बढाउन सक्ने संकेत

व्यवसायीको मागपछि औषधी  व्यवस्था विभागले गर्‍यो लाइसेन्सको अवधि बढाउन सक्ने संकेत

नेपालखबर
पुस १८, २०७७ शनिबार १२:४१,

औषधी व्यवसायीहरुको व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) नवीकरणमा औषधी व्यवस्था विभाग लचक देखिएको छ।

औषधी व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायिक प्रमाणपत्रको नवीकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधी व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो।

शनिबार भक्तपुरमा आयोजित नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले औषधी व्यवसायीलाई दिइने व्यवसायिक प्रमाणपत्रको अवधि बढाउन सकिने बताएका हुन्।

अहिले औषधी व्यवसायका लागि दिने व्यवसायिक प्रमाणपत्रको हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ। महानिर्देशक भट्टराईले भने तीन वर्षदेखि पाँच वर्षभित्र कहिले नवीकरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेर टुंगोमा पुग्न सकिने बताए।

कार्यक्रममा महानिर्देशक भट्टराईले गुणस्तरीय सेवा प्रवाहको सन्दर्भमा बिक्री वितरण आचारसंहितालाई ध्यान दिएर व्यवसाय गर्न औषधी व्यवसायीहरुलाई आग्रह समेत गरे।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष ध्रुव नारायण श्रेष्ठले खुद्रा व्यवसायी, थोक व्यवसायी र आयात व्यवसायीहरुका आ–आफ्नै समस्या रहेकोले सबैलाई एकैठाउँमा भेला गरी एकमुस्ट रुपमा समस्याको समाधान खोज्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad