कारोबार


हुवावे आईसीटी अवार्ड २०२० सम्पन्न, बोहोराले प्राप्त गरे आन्टरप्रेनर अवार्ड

हुवावे आईसीटी अवार्ड २०२० सम्पन्न, बोहोराले प्राप्त गरे आन्टरप्रेनर अवार्ड

नेपालखबर
पुस १२, २०७७ आइतबार ८:३५,

सूचना प्रविधि क्षेत्रमा परिचित आईसीटी अवार्डको पाँचौँ संस्करणको ग्राण्ड फिनाले शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

लिभिङ विथ आईसीटीको आयोजनामा सम्पन्न हुवावे आईसीटी अवार्ड २०२० लाई अन्तर्राष्ट्रिय दूरसञ्चार तथा सूचना प्रविधि ब्राण्ड हुवावेले प्रस्तुत गरेको छ।

हुवावे आईसीटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सनसहित १२ प्रतिस्पर्धीलाई अवार्ड प्रदान गरिएको थियो।

आईसीटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ‘सञ्चै छौँ’देखि डिजिटल गभर्नेन्सको उत्कृष्ट संस्था आन्तरिक राजस्व विभागससम्मले अवार्ड प्राप्त गरेका छन्। पायोनियर आईसीटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरे भने आन्टरप्रनेर अवार्ड भायनेटका विनय बोहोराले जित्न सफल भए।

यसैगरी वुमन आइकन आईसीटी अवार्ड तिमिला यामीले प्राप्त गरिन् भने नेपाली डायस्पोरा आईसीटी अवार्ड गौरवराज उपाध्यायले जितेका छन्।

एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आईसीटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको छ भने स्टार्टअप आईसीटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ। प्रडक्ट आईसीटी अवार्ड सीपीएफडीएस र जुरी मेन्सन आईसीटी अवार्ड हाम्रो स्वास्थ्यले प्राप्त गरेको छ।

अवार्ड कार्यक्रममा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर बृहतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए।

अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसनदेखि सरकारी संस्थालाई समेत अगाडि बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाइ थियो।

हुवावे आईसीटी अवार्ड २०२० मा विभिन्न ११ नियमित विधाहरूमा अवार्ड प्रदान गरिँदै आएकोमा यसपटक एक विधा थप गरेर जुरी मेन्सन आईसीटी अवार्ड २०२० पनि प्रदान गरियो।

के–के पाउँछन् अवार्ड विजेताले?
हुवावे आईसीटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्डबाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन्।

यस हुवावे आईसीटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै हुवावे नेपालले प्रमुख ४ विधा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आईसीटी अवार्डका टप फाइभ विजेताहरुलाई हुवावे क्लाउड सेवा उपलब्ध गराउनेछ।

त्यसैगरी यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्डअन्तर्गत ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ।

बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बंैकले १० लाख रुपैयाँसम्म विना धितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन्। इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन्।

इन एसोसिएसनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु द होम सेवा प्रदान गर्नेछ। जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार अमेरिकी डलरबराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ।

सर्वोत्कृष्टलाई इ–सेवाले आफ्नो बिजनेस इन्टिग्रेसन र प्रवर्द्धनमा निःशुल्क सहयोग गर्नेछ। साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ। यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछन्।

यी हुन् अवार्ड विजेताहरु
स्टार्टअप आईसीटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रालि
प्रडक्ट आईसीटी अवार्ड– सीपीएफडिएस
राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड – सन्चै छौं
एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आईसीटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर
डिजिटल एजुकेसन अवार्ड– बूढानीलकण्ठ स्कूल
डिजिटल गभर्नेन्स आईसीटी अवार्ड– आन्तरिक राजस्व विभाग
पायोनियर आईसीटी अवार्ड– निलकण्ठ उप्रेती
आन्टरप्रेनर आईसीटी अवार्ड– विनय बोहोरा
नेपाली डायस्पोरा आईसीटी अवार्ड– गौरवराज उपाध्याय
वुमन आइकन आईसीटी अवार्ड–तिमिला यमी थापा
मिडिया पर्सन आईसीटी अवार्ड– किरण आचार्य (कारोबार दैनिक)
जुरी मेन्सन आईसीटी अवार्ड– हाम्रो स्वास्थ्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad