कारोबार


नवनियुक्त श्रममन्त्री चौधरीले भनेः वैदेशिक रोजगारीमा हुने ठगी रोक्न प्रयास गर्छु

नवनियुक्त श्रममन्त्री चौधरीले भनेः वैदेशिक रोजगारीमा हुने ठगी रोक्न प्रयास गर्छु

नेपालखबर
पुस १२, २०७७ आइतबार ७:१,

नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले पदभार ग्रहण गरेका छन्।

आज मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री चौधरीले भर्खर प्रवेश भएकोले मन्त्रालयमा बुझ्न बाँकी नै रहेको बताए। हाल भए÷गरेका कामहरुबारे छलफल र अध्ययन गरी त्यसपछि कसरी अगाडि बढ्ने भनेर योजना बनाउने बताए।

श्रम, रोजगार र सामाजिक सुरक्षाको क्षेत्रमा हालसम्म भएका कुराहरुको समीक्षा गरेर योजनाबद्ध रुपमा अगाडि बढ्ने मन्त्री चौधरीले बताए।

उनले भने, ‘मन्त्रालयमा पहिलो भएको कारण मैले धेरै अध्ययन गर्न बाँकी नै छ।’

वैदेशिक रोजगारीमा ठगीको समस्यालाई सम्बोधन गर्ने उनले बताए। विदेश जाने युवालाई नेपालमै रोजगारी दिने गरी मन्त्रालयले काम गर्ने उनले बताए।

मेनपावरले पनि पारदर्शी रुपमा काम गर्नुपर्ने बताउँदै युवाहरु ठगिन नहुने बताए।

कोरोना विश्वकै समस्या भएकाले विश्वमा नै रोजगारीबाट वञ्चित हुने समस्या आएकाले नेपालमै रोजगारी सिर्जना गर्न प्रयास गर्ने उनले बताए। सकभर नेपालमै रोजगारी सिर्जन गर्ने बताउँदै उनले भने, ‘कति गर्न सक्छौँ, कति सक्दैनौँ हेरौँ, सकभर गर्ने प्रयास रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad