ad ad

कारोबार


व्यवसायीको गुनासो : पर्यटन व्यवसायका समस्या सम्बोधन भएन

व्यवसायीको गुनासो : पर्यटन व्यवसायका समस्या सम्बोधन भएन

नेपालखबर
पुस ८, २०७७ बुधबार १४:४६,

सरकारले मौद्रिक नीतिमार्फत कोभिड प्रभावित क्षेत्रलाई राहत ल्याएको अवस्थमा पर्यटन लगायतका केही अति प्रभावित क्षेत्रमा रहेका समस्या सम्बोधन नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गुनासो गरेका छन्। प्रभावित क्षेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य आवश्यक भएको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका मुख्य सचिव, सचिवहरु र उच्चपदस्थ अधिकारीसँग बुधबार परिचयात्मक कार्यक्रममा बोल्दै चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुनर्कर्जा प्रवाह पनि शुरु भएको बताए। व्यवसाय निरन्तरता कर्जा पनि सुरु हुने क्रममा छ। यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ।

महासंघका नवनिर्वाचित पदाधिकारी, समिति सभापतिहरु र नेपाल सरकारका उच्च पदाधिकारीहरु बीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघले कार्यक्रमको आयोजना गरेको थियो।

गोल्छाले उपस्थिति मुख्य सचिवसहित सचिवहरुको स्वागत गर्दै सरकार निजी क्षेत्रबीचको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले सो अवसरमा महासंघको नवनिर्वाचित टिमको परिचय पनि गराएका थिए।

सो अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले निजी क्षेत्रको मुलुकभित्र उद्योग व्यवसायको विस्तार सहित आर्थिक विकासमा सहयोग गर्न सरकारको कर्मचारी प्रशासनबाट सदैव सहयोग र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए।

मुख्य सचिव वैरागीले मुलुकको व्यापार घाटा कम गर्नेतर्फ सरकार निजी क्षेत्र निरन्तर अगाडि बढेको र यसमा केही सफलता पनि प्राप्त भएको बताउँदै तुलनात्मक लाभका क्षेत्रहरु मार्फत व्यापार घाटा कम गर्ने तर्फ संंयुक्त प्रयास केन्द्रित हुनुपर्ने धारणा राखे।

‘के गर्दा वाह्य लगानी, आन्तरिक लगानी बढाउन सकिन्छ, पूँजी, सीप आकर्षण गर्न सकिन्छ र समग्रमा निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ त्यसमा सरकार तपाईं निजी क्षेत्रलाई सहयोग गर्न तयार छ,’ मुख्य सचिवले भने, ‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवद्र्धनबाट मात्र मुलुकको आर्थिक विकास हुने भएकाले निजी क्षेत्रले फस्टाउने वातावरण बनाउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .