ad ad

कारोबार


राजनीतिक अस्थिरताप्रति निजी क्षेत्र चिन्तित, संयम भएर निर्णय लिन आग्रह

राजनीतिक अस्थिरताप्रति निजी क्षेत्र चिन्तित, संयम भएर निर्णय लिन आग्रह

नेपालखबर
पुस ८, २०७७ बुधबार १४:३६,

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले चिन्ता व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै पछिल्ला घटनाक्रमले चिन्ता उत्पन्न गरेको बताएका छन्।

राजनीतिक स्थिरताबाट मात्रै नीतिगत स्थिरता आउने, नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने उनीहरुको ठहर छ। कोभिड १९ का कारण अर्थतन्त्र गम्भीर असर परिरहेको बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित भएको हो।

राजनीनितक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले थप जटिलता सिर्जना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको भन्दै भर्खर चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधरणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्ने उनीहरुको बताएका छन्।

यसै परिस्थितिका कारण तीन संस्थाले यस विषम परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरु समक्ष सुझबुझ र संयमतापूर्वक निर्णयलिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .