ad ad

कारोबार


श्रीराम सुगर मिलले ६ हजार उखु किसानको साढे १६ करोड बक्यौता भुक्तानी गर्‍यो

श्रीराम सुगर मिलले ६ हजार उखु किसानको साढे १६ करोड बक्यौता भुक्तानी गर्‍यो

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ११:३५,

रौतहटको श्रीराम सुगर मिलले ६ हजार कृषकलाई उखुको मूल्य भुक्तानी गरेको छ।

शुक्रबार मिलले ६ हजार कृषकलाई १६ करोड ४४ लाख ७० हजार ७ रुपैयाँ बक्यौता भुक्तानी गरेको बताएको छ।

यो मिलले कृषकको ४१ करोड रुपैयाँ भुक्तानी गरेको छ। यसमध्ये ३५ लाख रुपैयाँ कृषकको रकम भुक्तानी गर्न भन्दै कम्पनीको खातामा जम्मा गरेको भौचर प्रशासनलाई बुझाइसकेको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए।

१७ हजार कृषकले उखुको मुख्य पाउन बाँकी रहे पनि यस विषयमा कागजात मगाएर छानविन गरिरहेको एसपी शाहले बताएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै कृषकको बक्यौता तिर्ने जनाएको मिलले शुक्रबार ६ हजार कृषकको खातामा रकम जम्मा गरिदिएको छ। मिल सञ्चालकविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि कृषकको रकम भुक्तानी गर्न बाध्य भएको हो।

‘कानुनी प्रक्रियामा गएपछि मिल सञ्चालक पैसा तिर्न तयार भएका छन्, हामी पनि यस विषयमा छानविन गरिरहेका छौं, सञ्चालक भने हाल फरार छन्’, एसपी शाहले भने।

मिलले पुस ८ गते भित्रमा कृषकको बक्यौता भुक्तानी गरिसक्ने भन्दै कागजातसहित सम्पर्कमा आउन बिहीबार विज्ञप्ति मार्फत आग्रह गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .