ad ad

कारोबार


प्रभु बैंकको चार अर्ब बराबरको ऋणपत्रको बिक्री प्रबन्ध मेगा क्यापिटलले गर्ने

प्रभु बैंकको चार अर्ब बराबरको ऋणपत्रको बिक्री प्रबन्ध मेगा क्यापिटलले गर्ने

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १०:१५,

प्रभु बैंकले ल्याउनलागेको ऋणपत्रको बिक्री प्रबन्ध मेगा क्यापिटल मार्केट्स प्रालिले गर्ने भएको छ।

बैकले १ हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्न लागेको हो।

यसको निष्काशन तथा बिक्रीको प्रबन्ध मिलाउन बैंक र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता भएको बैंकले जनाएको छ। उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो।

२ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्व ६० करोडबराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुनलागेको ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि.लाई नै नियुक्त गर्नेसम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .